गोरखाको गुप्सीमा ३ वर्षपछि हिउँ परेपछि खेल्नेको भीड
काठमाडौं– गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा बुधबार हिमपात भएको छ । बुधबार बिहानदेखि जिल्लाको लाप्राकलगायत क्षेत्रमा हिमपात भएको हो ।

हिउँ परेसँगै उत्तरी गोरखा धार्चेस्थित लाप्राक, गुप्सीपाखामा हिउँ खेल्नेहरू पुग्न थालेका छन् । गोरखा भूकम्पपछि गुप्सीमा गैरआवासीय नेपाली संघले करिब ६ सय वटा एकै प्रकारका घर बनाइदिएको छ ।
चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै गाउँबस्ती हिमपातले सेताम्मै छन् । धार्चेको लाप्राकस्थित गुप्सीपाखा र सिङ्लामा तीन वर्षपछि हिउँ परेको हो ।
![]() |
![]() |
![]() |
|---|
हिउँ परेसँगै यो बस्ती सुन्दर देखिने हुनाले पनि मानिसहरू यहाँ हिउँ खेल्न पुग्छन् । गुप्सीपाखा समुद्री सतहबाट २९ सय मिटर उचाइमा छ।
धारामा पानी जम्दा पिउने पानीको समस्या भएको छ । तर हिउँ परेपछि गहुँ, जौ, आलु, फापरलगायत खेती राम्रो हुने भन्दै किसानहरू खुसी पनि छन् । भारी हिमपात भएपछि भेडा, च्याङ्गा, चौरी, खच्चड एवं घोडा पालक कृषक भने समस्यामा परेका छन्। ध



