Close

Recent Posts

मेसिन खरिदमा अनियमितताः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति सहित २० जना विरुद्ध मुद्दा दायर

मेसिन खरिदमा अनियमितताः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति सहित २० जना विरुद्ध मुद्दा दायर
  • १६ माघ २०८२, बिहीबार १६:०९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा सिटी स्क्यान मेसिन खरिद गर्दा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

mulpatra

आयोगका अनुसार प्रतिष्ठानका लागि १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्ने क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावली उल्लङ्घन गर्दै गुणस्तरहीन उपकरण आपूर्ति गरिएको र त्यसबाट ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको आर्थिक हानी भएको पाइएको छ।

यस प्रकरणमा तत्कालीन रजिष्ट्रार, निर्देशक, रेडियोलोजी विभाग प्रमुख, बायोमेडिकल इन्जिनियर, खरिद शाखाका कर्मचारी तथा आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालिका सञ्चालकलाई समेत प्रतिवादी बनाइएको छ। आयोगले प्रतिवादीहरूबाट बिगो असुल उपर, कैद र जरिवानाको सजाय मागदाबी गरेको जनाएको छ।

mulpatra mulpatra mulpatra