Close

Recent Posts

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

एमालेको मुख्य बहप्रतिस्पर्धी शक्ति कांग्रेस हो, राश्वपा नभएको महासचिव शंकर पोखरेलको भनाइ

एमालेको मुख्य बहप्रतिस्पर्धी शक्ति कांग्रेस हो, राश्वपा नभएको महासचिव शंकर पोखरेलको भनाइ
  • १७ माघ २०८२, शुक्रबार १३:४९

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य बहप्रतिस्पर्धी शक्ति रहेको बताएका छन् ।

mulpatra

एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उनको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो पार्टी भएको र अहिले पनि कांग्रेस नै प्रतिस्पर्धी शक्ति रहेको बताएका हुन् ।

‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ’ उनले भने, ‘तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

mulpatra mulpatra mulpatra

पोखरेलले रास्वपाले समानुपातिकतर्फ मत बढाउने विश्लेषण पनि सुनाए । ‘अघिल्लो चुनावमा समानुपातिक हकमा सहरी क्षेत्रको मत रास्वपालाई धेरै गएको हो । अहिले घट्ने देखिन्छ । तर, प्रत्येक जिल्लामा केही न केही ल्याइहाल्छ, त्यसैले ग्रामिण क्षेत्रको मत बढ्ने आँकलन छ,’ महासचिव पोखरेलले सुनाए ।