कोदो खाँदाका ७ फाइदा, रक्सीदेखि झोलसम्म रैथाने खाना
काठमाडौं– कोदो नेपालको रैथाने बाली हो । कुनै समय कोदोलाई ‘गरिबको खाना’को रूपमा समेत लिइन्थ्यो भने चामलको भात खाने भन्दा कोदो खाने परिवारको आर्थिक हैसियतमा समेत प्रश्न उठाइन्थ्यो।

हिजोआज कोदोको माग र महत्त्व निकै नै बढेको छ । कोदो नेपालमा विदेशबाट समेत बर्सेनि अर्बौंको आयात गरिन्छ । हिजोआज धनीको भान्सामा पाक्ने पोषणयुक्त खानाको रुपमा कोदोलाई लिइन्छ।
गाउँंघरमा जन्मे–हुर्केका पाको उमेरका मानिस कहिलेकाहीँ कोदो खाएर बनेको शरीर हो भन्दै हाँसिमजाक समेत गर्छन् । उनीहरुको अनुसार कोदोको परिकारले शरीर हृष्टपुष्ट र बलियो बनाएको हो। कोदोमा धेरै पोषकतत्व पाइने भएकाले आजभोली कोदोलाई ‘सुपर फुड’ पनि भनिन थालिएको छ।
![]() |
![]() |
![]() |
|---|
खास गरेर कोदो पहाडी भेगमा धेरै उत्पादन हुन्छ । कोदो खेतीलाई सजिलो खेतीको रुपमा पनि लिइन्छ । कोदो नेपाल, भारत र अफ्रिकाका केही देशमा समेत खेती गरिन्छ । कोदो रोपेपछि हेरविचारमा अन्य अन्नबाली जस्तो धेरै ध्यान दिन नपर्ने हुन्छ भने भिरालो जमिनमा समेत फल्छ ।
कोदोमा चामल र मकै भन्दा ३५ गुणा अनि गहुँमा भन्दा ८.७३ गुणा क्याल्सियम र चामल र गहुँमा भन्दा धेरै आइरन पाइन्छ । धेरै किसिमका पोषणतत्व पाइने हुनाले कोदोको परिकार थोरै खाए पनि पेट भरिन्छ।
कोदोसम्बन्धी गरिएको अध्ययन अनुसार कोदोको उपयोगले मुटुरोग र मधुमेहको जोखिम कम गराउनुको साथै पाचणप्रणालीमा सुधार ल्याउँछ भने क्यान्सर रोगको जोखिम समेत कम गराउँछ।
Image Source: © https://mulpatra.com
कोदोमा उच्च मात्रामा फाइबर पाइने भएकाले यस्ले कोलेस्ट्रोल कम गर्छ। क्याल्सियम, फस्फोरस र आइरन पर्याप्त हुने भएकाले हड्डी, दाँत र मांसपेशीको विकासमा सहयोग पु¥याउँछ । साथै यसमा पाइने म्याग्नेसियम र पोटासियमले उच्च रक्तचाप नियन्त्रणमा राख्छ ।
हिजोआज बजारमा कोदोको विभिन्न परिकार बन्न थालेका छन् । कोदोको पाउरोटी, बिस्कुट, कुकिज र मःम समेत बन्न थालेको छ । कोदोको परिकारको ब्राण्डिङ सुरु भइसकेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



