Close

Recent Posts

चुनावी घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न उद्योग महासङ्घको सुझाव

चुनावी घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न उद्योग महासङ्घको सुझाव
  • १९ माघ २०८२, आईतवार ०८:००

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ। महासङ्घले निजी क्षेत्र रोजगारी, राजस्व, पूर्वाधार र सम्पत्ति निर्माणको मुख्य आधार भएकाले नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र सम्पत्तिको सुरक्षाबिना अर्थतन्त्र सुधार सम्भव नहुने स्पष्ट पारेको छ।

mulpatra

महासङ्घले आज आयोजना गरेको घोषणापत्रमा निजी क्षेत्र विषयक पत्रकार सम्मेलनमा राजनीतिक दलहरूले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको हो।  

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले देशका मुख्य रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता तथा सम्पत्ति निर्माणकर्ता उद्यमी–व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणापत्र तयार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

mulpatra mulpatra mulpatra

तीन खम्बे अर्थनीति र समाजवाद उन्मुख अवधारणाले विशेषतः विदेशी लगानी प्रभावित गरेको भन्दै आगामी दिनमा निजी–सार्वजनिक साझेदारीमा आधारित नवप्रवर्तनमुखी उदार समावेशी अर्थतन्त्र कार्यान्वयन गर्न महासङ्घले जोड दिएको छ।

महासङ्घले उदार, समावेशी र नवप्रवर्तनमा आधारित आर्थिक नीति, निजी–सार्वजनिक साझेदारी, सुशासन, डिजिटल सेवा प्रवाह तथा लगानी प्रवर्द्धनलाई घोषणापत्रमै समेट्न सुझाव दिएको छ। निजी क्षेत्रमाथि भएका हिंसात्मक घटनाले अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गर्दै उद्योग–व्यवसाय र निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न विशेष व्यवस्था आवश्यक रहेको महासङ्घको धारणा छ।