Close

Recent Posts

आजको मौसमः यी स्थानमा हुनसक्छ बर्षा र हिमपात

आजको मौसमः यी स्थानमा हुनसक्छ बर्षा र हिमपात
  • १९ माघ २०८२, आईतवार ०७:०५

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात र बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mulpatra

आज सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छभने अन्य भागमा मौसम सफा रहनेछ।

mulpatra mulpatra mulpatra