जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज भन्ने उद्देश्य बोकेको खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज भन्ने उद्देश्य बोकेको खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता
  • १९ माघ २०८२, आईतवार १०:४२

काठमाडौं– खोटाङ सेवा समाजको नवगठित कार्यसमितिले पूर्णता पाएको छ । शनिवार बसेको बैठकबाट नवल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

mulpatra

कार्यसमितिको उपाध्यक्षमा जगतप्रसाद घिमिरे, मातृका प्रसाद निरौला, कल्पना राई र दुर्गा पोखरेल चयन भएका छन् । भने महासचिवमा राजु एन. राई, उप–महासचिवमा कर्णराज कटुवाल र सचिवमा नवराज रोक्का रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी प्रकाश पुरी छन् ।

समितिका सदस्यहरूमा गणेश थापा, लोकबहादुर खत्री, विषा गुरुङ, ज्ञानमाया परियार, मिसन राई, प्रकाश लुइँटेल, सन्तोष राई, गुणराज राजभण्डारी, रामकुमार पुरी, कोपिला राई, दयाराम राई र गणेश बिष्ट रहेका छन् ।

mulpatra mulpatra mulpatra

निर्वाचन प्रक्रियामा प्रमुख निर्वाचन अधिकृतको भूमिका डा. विष्णु राईले निर्वाह गरेका थिए भने निर्वाचन अधिकृतमा बाबुराम न्यौपाने र देवराज कटुवाल रहेका थिए ।
‘जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै समाजले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। यसैक्रममा समाजले माघ १५ गते देशभक्तिपूर्ण चलचित्र “काँडेतार” को च्यारिटी शो सफलतापूर्वक आयोजना गरिसकेको छ ।

उक्त कार्यक्रमबाट टिकट बिक्रीमार्फत संकलित सम्पूर्ण रकम खोटाङ सेवा समाजको कोष स्थापना गर्न प्रयोग गरिने जनाइएको छ। अध्यक्ष नवल खड्काका अनुसार च्यारिटी शोबाट करिब चार लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

खोटाङ सेवा समाजको हालै सम्पन्न ११औँ अधिवेशनबाट नवनिर्वाचित उप–महासचिव कर्णराज कटुवालले आगामी दिन मा सस्थाले खोटाङगे हरुको हितमा शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, सीप विकास, महिला–बालबालिका सशक्तीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहयोग, वातावरण संरक्षण, संस्कृति संरक्षण, समुदाय विकास र संस्थागत सुशासनलगायत क्षेत्रलाई समेट्ने विस्तृत संस्थागत कार्ययोजना अघि बढाइने बताएका छन् । जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज भन्ने उद्देश्य बोकेर यस संस्थाले काम गरिरहेको उनले बताए ।।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com