Close

Recent Posts

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह
  • १९ माघ २०८२, आईतवार १७:१८

काठमाडौं– सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो ।

mulpatra

‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ’ परराष्ट्रले भनेको छ ।

सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोस्र्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।

mulpatra mulpatra mulpatra

इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।