Close

Recent Posts

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग पेस्तोल सापटी

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग पेस्तोल सापटी
  • १९ माघ २०८२, आईतवार १८:५०

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ ।

mulpatra

आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको हो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागेको पुष्टि गरे पनि कति संख्यामा हतियार माग गरेको भन्ने खुलाउन चाहेनन् ।

mulpatra mulpatra mulpatra

प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ ।

यो पटक पनि हतियार अपुग भएपछि सापटी माग गरिएको हो । प्रहरीसँग भएका केही हतियार जेनजी आन्दोलनका बेला लुटपाट समेत भएका थिए ।