Close

Recent Posts

दल विभाजनमा पुरानै व्यवस्था, केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत अनिवार्य

दल विभाजनमा पुरानै व्यवस्था, केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत अनिवार्य
  • १९ माघ २०८२, आईतवार १७:४८

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी गरेको छ । राजपत्रमा प्रकाशित नयाँ नियमावलीले हालको व्यवस्थालाई खारेज गरेको हो ।

mulpatra

पार्टीबाट फुटेर नयाँ दल गठनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४० प्रतिशत चाहिने छ । यसअघि राजनीतिक दल सम्बन्धी नियमावली २०७४ मा रहेको व्यवस्था अनुसार केन्द्रीय समितिको २० प्रतिशत वा संसदीय दलको २० प्रतिशत सदस्य भएमा पनि दल विभाजन गर्न मिल्ने व्यवस्था थियो ।

संशोधनले २० प्रतिशतको सीमालाई बढाएर छ । भने अब कम्तीमा ४० प्रतिशत चाहिने छ । अब कुनै पनि दलबाट छुट्टिएर नयाँ दल दर्ता गर्नका लागि केन्द्रीय समिति र सङ्घीय संसदको संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्य अनिवार्य चाहिने छ ।

mulpatra mulpatra mulpatra

प्रकाशित नियमावलीको नियम ५ मा गरिएको यो संशोधनले साविकको महाधिवेशनबाट निर्वाचित भन्ने पदावलीलाई समेत परिमार्जन गर्दै समग्र केन्द्रीय समितिको संख्यालाई आधार मानेको छ ।

यो नियमावली राजपत्रमा सूचना प्रकाशित भएसँगै लागू भएको छ । यो नयाँ नियमसँगै राजनीतिक दलभित्र सानो समूहले चाहेकै भरमा पार्टी फुटाउन पाउने बाटो बन्द भएको छ ।