निर्वाचन नजिकिएसँगै नक्कली नोटको कारोबार बढ्ने खतराः भारत–नेपाल सीमा क्षेत्रमा २५ लाख नगद सहित १० जना पक्राउ
काठमाडौं । निर्वाचन नजिकिएसँगै नक्कली नोटको कारोबार बढ्ने खतरा बढेको छ । नेपाल भित्र्याउने तयारी गरिएको नगद २५ लाख नक्कली नोटसँगै भारतीय प्रहरीले १० जनालाई पक्राउ गरेपछि सो कुरा खुल्न आएको छ ।

भारतीय प्रहरीले मोतिहारी जिल्लाको भारत–नेपाल सीमावर्ती क्षेत्रको हरैया थाना क्षेत्रमा प्रहरीले नक्कली नोट तस्करीसँग सम्बन्धित ठूलो गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा नक्कली नेपाली तथा भारतीय मुद्रा, साथै नोट छाप्न प्रयोग हुने कागज र रसायन (केमिकल) बरामद गरिएको छ।
नोट छाप्न संलग्नलाई बिहारका विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्तहरूको साथबाट करिब २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली मुद्रा, १८ हजार ५०० रुपैयाँ बराबरको नक्कली भारतीय नोट, नोट छाप्ने कागज तथा केमिकल बरामद गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
नेपालबाट दुई जना नक्कली नोट लिएर आएको सुचनाका आधाारमा प्रहरीले खानतलासी गर्दा २ जना नेपाली र ८ जना भारतीयलाई पक्राउ गरिएको छ र पक्राउ गरिएका नेपालीबाट ढेड लाख नेपाली सक्कली रुपैया, नोट छाप्न तयारी २२ बण्डल कागज, तीन बाइक र एक कार समेत प्रहरीले पक्राउ गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।



