Close

Recent Posts

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
  • २० माघ २०८२, सोमबार १२:३२

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।

mulpatra

पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।

mulpatra mulpatra mulpatra

पुडासैनीबाट घुस लिएको १० हजार, १ लाख ३६ हजार ४२० जरी जम्मा १ लाख ४६ हजार ४२० बरामद भएको छ ।

त्यस्तै रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ ।