झापाको जिल्ला प्रशासनको निर्देशन कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू
झापा– जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालले कुन दल वा उम्मेदवारलाई भोट दिनुहुन्छ ? भन्दै मतदाताको गोपनीयता भंग गरेको भन्दै त्यस्तो कार्य रोक्न सूचना जारी गरेको छ ।

फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदातासँग गोपनीयता भंग गर्ने कार्य निर्वाचन आचारसंहिताविपरीत भएको प्रशासनले जनाएको छ ।
उप्रान्त कोही कसैबाट यस प्रकारको कार्य भए गरे कारबाहीको प्रक्रिया अघि बढाइने निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू सहायक सीडीओद्वय अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईँद्वारा संयुक्त हस्ताक्षरित सूचनामा उल्लेख छ ।
![]() |
![]() |
![]() |
|---|




