ओली, गगन र आरजुलगायतको नाम बेचेर ठगि खाने अमेरिकी नागरिक पक्राउ
काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा अध्यागमन कार्यालयले एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

उनले आफ्नो कलेजको टिममा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जना नेताहरूको नाम समावेश गरेको पाइएको छ ।
यसै गरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अनुसन्धानमा खुलेको छ ।
![]() |
![]() |
![]() |
|---|
अन्तराष्ट्रियस्तरमा फन्ड उठाउने उद्देश्यले कलेजको वेभसाइटमा विभिन्न दलका नेताहरूलाई ‘आवर डाइनामिक टिम’ भनेर नाम उल्लेख गरी परिचयको दुरुपयोग गरेको अध्यागमनले जनाएको छ ।
सो कलेजले अध्यापन गराउने विषयहरू कोरियन स्टडिज, एआइ सफ्टवेयर इन्जिनियरिङ्, बिजनेस् स्टडिज आदि देखाइएको कलेजको वेभसाइटमा उल्लेख छ ।
सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका उनले करिब १२ वर्षको अवधीमा ५० भन्दा बढीपटक नेपाल भ्रमण गरेका छन्।
Image Source: © https://mulpatra.com
ति अमेरिकी नागरिक पर्यटक, वर्किङ्, व्यावसायिक लगायतका भिसामा नेपाल बस्ने गरेको पाइएको छ।
उनी ली विकिपावर्सेसनल चर्च अन्तर्गतको ग्लोबल एलाइन्स अफ वल्र्ड प्रेस्बिटेरियन चर्च संस्था अन्तर्गत २०२१ मा नेपालको नयाँ प्रेस्बिटेरियन परिषदको अध्यक्षको रुपमा समेत रहेको अनुसन्धानमा खुलेको छ।
‘द प्लान्टर’ कोरियन मिसनरी संस्थामार्फत् नेपालमा कोरियन भाषा विद्यालय खोल्ने घोषणा गरेका ति अमेरिकी नागरिकले ललितपुरको सानेपामा नेपालको पहिलो एमओयू गारेन्टेड क्रिश्चियन कलेज भनेर नेपाल इन्टरनेसनल कलेज भनेर वेभसाइट तयार गरी प्रचार प्रसार गरेको पाइएको प्रहरीले जनाएको छ।
उनले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भनेर प्रचार गरेको भएपनि आधिकारिक प्रमाण पेश गर्न सकेका छैनन्।
जबकी एउटै कलेजले दुई विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सक्ने व्यवस्था छैन। साविकमा पर्वतारोहण र व्यापारिक पृष्ठभूमिका उनले नेपालमा भने ‘कमसीड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरी व्यावसायिक भिसा लिएको पाइएको छ।
नेपालमा चर्च प्लान्टिङ् लगायतका काममा संलग्न भएका उनले सन् २००८ मा न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरेर ‘द प्लान्टर’ नामक संस्थामार्फत् चर्चहरू प्लान्ट गरेका थिए।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



