घट्यो मुद्रास्फीति दरः पुस महिनामा २.४२ प्रतिशत

घट्यो मुद्रास्फीति दरः पुस महिनामा २.४२ प्रतिशत
  • २१ माघ २०८२, मंगलवार ०९:५६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुस महिनामा दुई दशमलव ४२ प्रतिशत मुद्रास्फीति दर अनुसार रहेको जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ ।

mulpatra

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य समूहको मुद्रास्फीति सात दशमलव ६७ प्रतिशत थियो।

आर्थिक वर्ष २०८२र८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा निकै कम हो। गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, कपडा, सुर्ती तथा विविध सेवा क्षेत्रमा मूल्य वृद्धि देखिएको छ।

mulpatra mulpatra mulpatra

प्रदेशगत रूपमा मधेस र कोशी प्रदेशमा मुद्रास्फीति बढी देखिएको छ भने कर्णाली र सुदूरपश्चिममा कम रहेको छ। पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव १७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।