आजदेखि सुरक्षाका लागि देशभरि सेना परिचालन हुँदै

आजदेखि सुरक्षाका लागि देशभरि सेना परिचालन हुँदै
  • २२ माघ २०८२, बुधबार ०६:३०

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षाका लागि सरकारले आज बुधबार देखि नेपाली सेना खटाउने भएको छ । निर्वाचन सुरक्षाका लागि एक महिनाअघिबाट सेना खटिने भएको हो ।

mulpatra

एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधवारबाट सेना परिचालन हुनेछ ।
सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय गरेको छ । आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ । सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। सशस्त्र प्रहरीलाई पनि निर्वाचनमा खटाउने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए ।

mulpatra mulpatra mulpatra

आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ ।

सेनाका अनुसार नेपाली सेनाबाट मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन्। नेपाल प्रहरीका अनुसार नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिने छन् । प्रहरी मातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुने र उनीहरूको तालिम सुरु भइसकेको छ । सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुने छन् । त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिने छन् ।