भारत–अमेरिका व्यापार सहमति

भारत–अमेरिका व्यापार सहमति
  • २१ माघ २०८२, मंगलवार ११:३४

काठमाडौं । भारत र अमेरिका बीच व्यापारिक सम्बन्धमा महत्वपूर्ण सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको पारस्परिक कर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको घोषणा गरेका छन्।

mulpatra

यो निर्णय राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको टेलिफोन वार्तापछि सार्वजनिक गरिएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत दुवै देशबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्।

ट्रम्पका अनुसार प्रधानमन्त्री मोदी रूसबाट तेल खरिद रोक्न र अमेरिका तथा भेनेजुएलाबाट तेल खरिद गर्न सहमत भएका छन्। साथै भारतले अमेरिकी उत्पादनमा लगाइएका कर तथा गैर–कर अवरोध घटाउने र ऊर्जा, प्रविधि, कृषि लगायत क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया जनाउँदै कर घटाइनु भारतका १.४ अर्ब जनताका लागि महत्वपूर्ण भएको बताएका छन्। उनले यस निर्णयले भारत–अमेरिका आर्थिक साझेदारी थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

ट्रम्पको पछिल्लो घोषणासँगै भारत–अमेरिका व्यापार सम्झौता औपचारिक घोषणाको नजिक पुगेको छ।