Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

ओलीमाथि गालीगलौज सामग्रीको प्रशारण बढेकोमा एमालेको आपत्ति, कारबाही हुने चेतावनी

ओलीमाथि गालीगलौज सामग्रीको प्रशारण बढेकोमा एमालेको आपत्ति, कारबाही हुने चेतावनी
  • २२ माघ २०८२, बुधबार १५:३१

काठमाडौं– नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी प्रसारण गरिएका सामग्रीप्रति आपत्ति जनाइएको छ ।

mulpatra

बुधबार एमालेले एक विज्ञप्ति निकाल्दै यस्तो जनाएको हो । दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउनेसमेत एमालेले चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।’

mulpatra mulpatra mulpatra