Close

Recent Posts

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनबारे छलफल

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनबारे छलफल
  • २३ माघ २०८२, बिहीबार १५:००

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

mulpatra

अध्यक्ष ओलीले भने सुरक्षा वातावरण अझै पूर्ण रूपमा तयार नभएको भन्दै सतर्कता आवश्यक रहेको धारणा राखेका थिए ।फागुन २१ को निर्वाचन दुई चरणमा गर्ने बारे समेत अध्यक्ष ओलीले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी थिइन् ।

कार्कीले मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताएकी थिइन् । जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाका लागि ८० हजार नेपाली सेना परिचालन भइसकेको र मतदाता, उम्मेदवार तथा कर्मचारीको सुरक्षामा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra