Close

Recent Posts

बैतडी जन्तीबस दुर्घटना हुँदा १३ जनाको मृत्य

बैतडी जन्तीबस दुर्घटना हुँदा १३ जनाको मृत्य
  • २४ माघ २०८२, शुक्रबार ०७:१२

बैतडीमा जन्तीबोकेको बस दुर्घटनामा परेको छ । जन्तीबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ३८ जना घाइतेको विभिन्न स्थानमा उपचार भइरहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

mulpatra

घाइतेहरुको स्थानीय स्वास्थ्य चौकी र डडेलधुराको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

जन्तीलिएर गएको सु. प्र. ०२–००१ ख १११९ नम्बरको बस बेहुली लिएर घरतर्फ फर्किने क्रममा बैतडीको पुर्चौडी नगरपालिका–७ को बढ्गाउँ मोडबाट झन्डै एक सय मिटर तल खसेको थियो ।

mulpatra mulpatra mulpatra

दुर्घटनाको खबर पाउनासाथ पुर्चौडीका साथै ढोल्यामोडबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार थालेको थियो।

मृत्युहुनेहरुमा बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको थियो।

त्यस्तै मृतकहरू बझाङको जयपृथ्वी नगरपालिका – ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पचौंडी नगरपालिका – ७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि पहिचान खुलेको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com