सकियो ६० जिल्लाको मतपत्र छपाई, ढुवानीका लागि तयारी
काठमाडौँ । फागन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र मध्ये ६० जिल्लाको मतपत्र छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ । छापिएको मध्ये विभिन्न २५ जिल्लाको मतपत्र प्याकिङ सम्पन्न भई ढुवानीका लागि तयारी भएको जनाएको हो ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र तयारी अवस्थामा रहेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको बाँकी रहेको जिल्लाको मतपत्र समते सकिने चरणमा रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको जम्मा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
![]() |
![]() |
![]() |
|---|
आयोगले यस अघि ११ लाख जति नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाएको थियो । प्रत्यक्ष तर्फ जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने मा केही दिनमा छपाई सकिने आयोगले जनाएको छ



