Close

Recent Posts

प्रतितोला ४ हजार २०० रूपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ हजार २०० रूपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
  • २४ माघ २०८२, शुक्रबार १२:०७

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा सुन तोलामा ४ हजार २ सय र चाँदीमा प्रतितोला २७० रुपैयाँले घटेको छ ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र चाँदीको मूल्य चार हजार ७१० कायम भएको छ । बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो ।

mulpatra mulpatra mulpatra

गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।