खानेतेल र चामलमा ‘अस्वाभाविक मूल्यवृद्धि’
काठमाडौं– विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको छ । यसरी मूल्यमा उछाल आएसँगै उपभोक्ताहरु मारमा परेका छ ।

ाणिज्य विभागका निर्देशक नरहरि तिवारी खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँ वृद्धि भएको पाइएको बताउँछन् । तर बजारमा लिटरमै १०० रुपैयाँभन्दा ज्यादा महँगिएको रिपोर्टिङहरु आइरहेका छन् । तथापि, विभागले यसलाई गम्भीर रुपमा लिएको छैन ।
तिवारी भन्छन्, ‘चामलमा सय–पचास बढेको होला तर ग्यासमा भने मूल्यवृद्धि होइन। आपूर्ति व्यवस्थापनको समस्या हो। आयल निगमले त्यसलाई मिलाउने बताएको छ ।’
![]() |
![]() |
![]() |
|---|
तर सरकारी निकायहरु भने बल्लतल्ल बजारमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम सुरु भएको बताउँछन् । खानेतेल र चामलजस्ता अत्यावश्यक वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र आपूर्ति अभावबारे जनगुनासो आइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार मन्त्रालयका सचिवसहितका कर्मचारीसँग छलफल गरेकी थिइन् । उनले खास गरी ग्यासको वितरणमा देखिएको समस्या हल गर्न निर्देशन दिएकी छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले अहिलेको मूल्यबृद्धिको कारण खोतल्न थालिएको र मातहतका निकायले अनुगमन तीव्र पारेका बताएका छन् । ‘अनुगमनमा मूल्यचाहिँ बढेको देखियो र खास गरी खानेतेलका सम्बन्धमा बढी कुरा आएको छ,’ वाणिज्य तथा आपूर्ति सचिव रामप्रसाद घिमिरे भन्छन्, ‘वाणिज्य विभागले अहिले त्यसको कारणबारे व्यापारीहरूसँग बुझ्ने काम गरिरहेको छ ।’
बजारमा दुई महिनायता खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन्। तर त्यो ‘अस्वभाविक’ नभएको उनीहरूको तर्क छ । व्यवसायीहरूका अनुसार नेपालमा खानेतेल इन्डोनेशियादेखि ब्रजिलसम्मबाट आउँछ भने चामलको धेरै हिस्सा भारतबाट आयात हुन्छ ।
Image Source: © https://mulpatra.com
‘झन्डै ७० प्रतिशत चामल भारतबाट आउँछ,’ नेपाल चामल, तेल, दाल उत्पादक सङ्घका उपमहासचिव धिरज गोल्छा भन्छन्, ‘त्यता मूल्य बढेकाले यहाँ पनि मूल्यवृद्धि भएको हो । ती वस्तुहरूमा दुई महिनायता हाम्रो खरिदमै प्रतिकिलो १५ देखि ३० रुपैयाँले बढेको छ ।’
भारतीय बजारमा माग र आपूर्तिबीचको असन्तुलन, उत्पादनमा प्रतिकूल मौसमको प्रभाव तथा अधिक आयात निर्भरताका कारण खाद्यवस्तुहरूमा मूल्य बढेको बताइन्छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना भने व्यवसायीका तर्कसँग सहमत छैनन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



