बैतडी जन्तीबस दुर्घटनाः घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १/१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय
काठमाडौँ । गएराति बैतडीमा भएको जन्तीबस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। दुर्घटनामा घाइतेलाई निःशुल्क उपचार समेत गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।
जन्तीलिएर फर्कदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिकाको बडगाउँमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
![]() |
![]() |
![]() |
|---|
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।



