Close

Recent Posts

स्वदेशमै सम्भावना छ, राज्यले नेपालमै बसेर गरिखाने नीति ल्याउनुपर्छ उमद्यी भुमिका दाहाल (भिडियो अन्तरर्वार्ता)

स्वदेशमै सम्भावना छ, राज्यले नेपालमै बसेर गरिखाने नीति ल्याउनुपर्छ उमद्यी भुमिका दाहाल (भिडियो अन्तरर्वार्ता)
  • २४ माघ २०८२, शुक्रबार १५:४५

काठमाडौं– स्वदेशमै सम्भावना छ, समस्या सम्भावना नहुनु होइन—राज्यको नीतिगत इच्छाशक्ति र कार्यान्वयन कमजोर हुँदा दैनिक श्रम शक्ति विदेशीनु परेको उद्यमी तथा स्वरोजगार अभियान्ता भुमिका दाहाल बताउँछिन् ।

mulpatra

नेपालमै बसेर गरिखाने वातावरण बनाउन राज्यले कम्तीमा नीतिगत सुधार गर्नुपर्ने उनको माग छ । ुवा–उद्यममैत्री व्यवस्था।, बिना धितो÷कम ब्याज ऋण र स्टार्टअपका लागि कर छुटजस्ता विषयमा ध्यान दिनुपर्ने उनले बताइन् । ‘उत्पादनमुखी नीति, सीप अनुसार काम जोड्ने, कच्चा पदार्थ होइन, प्रोसेसिङ र मूल्यवृद्धिमा लगानी, कृषि, पशुपालन, जडीबुटी, पर्यटन र साना उद्योगलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ ।’ उनले भनिन ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्योग क्षेत्र, फर्किएका युवाको सीप उपयोग गर्ने कार्यक्रम र ठेक्का, सप्लाइ र सेवा क्षेत्रमा नेपालीलाई प्राथमिकता राखे रोजगारी सिर्जना गर्न सहज हुने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

उनले स्पष्ट नीति र कानुनी सुरक्षा, भरपर्दो पूर्वाधार (विद्युत्, सडक, इन्टरनेट), सीप, तालिम र मेन्टरशिप, सहुलियत ऋण र लगानी पहुँच, सरल दर्ता र एकद्वार सेवा, बजार पहुँच र ब्रान्डिङ सहयोग, प्रविधि र नवप्रवर्तन सहयोग, कर छुट र सुरुआती संरक्षण, भ्रष्टाचाररहित, पारदर्शी प्रणाली र असफल भए पनि पुनः उठ्न सक्ने वातावरण सरकारले बनाउनुपर्ने उनको सुझाव छ ।

उनीसँग गरिएको भिडियो अन्तरर्वार्ता