क्रिकेट टी–२० विश्वकप आजदेखि
काठमाडौं । क्रिकेटको सबैभन्दा छोटो र रोमाञ्चक स्वरूप टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु हुँदैछ।

विश्वकपमा भारत र पाकिस्तान समूह ‘ए’मा परेका छन्। यही समूहमा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया पनि छन्। समूह चरणमै हुनुपर्ने भारत–पाकिस्तान भिडन्त अनिश्चित बनेपछि प्रतियोगिताको रोमाञ्चकता खल्लो हुने आशंका बढेको छ।
आजको उद्घाटन दिन तीन खेल हुँदैछन्। पाकिस्तानले नेदरल्यान्ड्ससँग कोलम्बोमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिकाबीच पनि प्रतिस्पर्धा हुनेछ।
![]() |
![]() |
![]() |
|---|
यस विश्वकपमा २० टोली सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ। ३० दिनसम्म चल्ने प्रतियोगितामा कुल ५५ खेल हुनेछन्। फाइनल खेल भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने तालिका छ।
खेलाडीको उमेर संरचनाले पनि यो विश्वकपलाई विशेष बनाएको छ। ४८ प्रतिशत खेलाडी ३० वर्षभन्दा माथिका छन् भने नेपाल र अफगानिस्तान सबैभन्दा युवा टोलीका रूपमा देखिएका छन्। नेपालको औसत उमेर २५ वर्ष मात्र रहेको छ, जसले भविष्यतर्फ संकेत गर्ने विश्वास गरिएको छ।
नेपाल समूह ‘सी’मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। आइतबार इंग्ल्यान्डविरुद्ध खेल्दै नेपालले विश्वकप यात्रा सुरु गर्नेछ। सबै खेल मुम्बईको वानखेडे रंगशालामा हुनेछन्।
Image Source: © https://mulpatra.com
नेपाली टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल प्रतिस्पर्धा मात्र नभई नयाँ पुस्ताका लागि प्रेरणाको मञ्च हुने बताएका छन्। “हामीले राम्रो खेलेर नेपाललाई गर्व गराउने प्रयास गर्नेछौं,” उनले क्याप्टेन्स मिटमा भनेका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



