जापानका प्रधानमन्त्री सानाए ताकाइचीको सत्तारूढ दलले ल्यायो दुई तिहाइ बहुमत
काठमाडौं । जापानका प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आइतबार सम्पन्न संसदीय निर्वाचनमा दुई तिहाइभन्दा बढी बहुमत हासिल गरेको छ। जापानी सञ्चारमाध्यमका अनुसार एलडीपीले एक्लै ३१६ सिट जितेको छ, जुन ४६५ सदस्यीय प्रतिनिधिसभामा स्पष्ट बहुमत हो।

नयाँ सहयोगी जापान इनोभेसन पार्टी (जेआईपी) सँग मिलेर सत्तारूढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ। यससँगै एलडीपीले सन् १९५५ मा स्थापना भएयताकै सबैभन्दा ठूलो चुनावी सफलता हासिल गरेको छ।
भव्य जितपछि एनएचकेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ताकाइचीले जापानलाई बलियो र समृद्ध बनाउने नीतिहरू दृढताका साथ अघि बढाउने बताइन्। उनले विपक्षीसँग सहकार्य गर्ने तर आफ्नो नीति एजेन्डामा अडिग रहने स्पष्ट पारिन्।
![]() |
![]() |
![]() |
|---|
यस निर्वाचनलाई ताकाइचीको लोकप्रियता र उनको दक्षिणपन्थी नीति एजेन्डाप्रतिको जनसमर्थनको रूपमा हेरिएको छ। अब उनी सन् २०२८ सम्म निर्वाचनको दबाबबिनै आर्थिक, सुरक्षा र रक्षा नीतिमा काम गर्न सक्षम भएकी जापानी सन्चारमाध्यमले जनाएका छन् ।



