Close

Recent Posts

झापा–५ मा ओली र बालेनको आक्रमक घरदैलो कार्यक्रम, दुवै जनता ढोग्न व्यस्त

झापा–५ मा ओली र बालेनको आक्रमक घरदैलो कार्यक्रम, दुवै जनता ढोग्न व्यस्त
  • २७ माघ २०८२, सोमबार १४:५२

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन एक महिना पनि बाँकी नरहेका बेला उम्मेदवारहरुले घरदैलो कार्यक्रम जारी राखेका हुन् ।

mulpatra

आसन्न निर्वाचनको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रको रुपमा हेरिएको झापा–५ मा उम्मेदवारहरुले घरदैलो कार्यक्रम जारी राखेका छन् ।

देशकै ध्यान तानेको झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको प्रतिस्पर्धाले रोचक र उत्सुकता बढाएको छ । यी दुई उम्मेदवार आक्रमक रुपमा चुनावी प्रचार प्रसारमा खटिँदा अन्य उम्मेदवार पनि मतदाताकहाँ पुगिरहेका छन् ।

mulpatra mulpatra mulpatra

उम्मेदवारी दर्तापछि देश दौडाह गर्दै काठमाडौंबाट बालेन झापा पुगिसकेका छन् भने ओली पनि झापामा पुगेर घरदैलोमा हिँडिरहेका छन् । ओली र बालेन एकैपटक आफ्नो निर्वाचन क्षेत्रका मतदाताका पुगिरहेका छन् । उनीहरुको जम्काभेट भने भएको देखिएको छैन ।

आइतबार कमल गाउँपालिकामा ओली पुगेका थिए भने बालेन सोमबार कमल गाउँपालिमामा पुगेर नागरिक भेटघाट गरिरहेका छन् । आइतबार बालेन दमक नगरपालिकामा पुगेका थिए ।

ओली र बालेनको जम्काभेट वा भेटघाट नभए पनि आइतबार एमालेको चुनावी प्रचारका लागि स्थापना गरिएको कार्यालय भएको घरमा भने बालेन पुगेका छन् । दमक–३ स्थित एमालेको प्रचार कार्यालयमा बालेन पुगेका हुन् । उनले त्यहाँ रहेका व्यक्तिसँग हात मिलाउँदै गफ गरेर फर्किएका थिए ।

Image Source: © https://mulpatra.com

बालेन घर घरमा पुगेर बालबालिकादेखि वृद्धवृद्धाको स्नेह र आशीर्वाद थापिरहँदा ओली पनि आफ्नो मतदाताको शुभेच्छा र आशीर्वाद ग्रहण गरिरहेका छन् ।

सोमबार बिहानैबाट बालेन मतदाताको घरघरमा पुग्न थालिसकेका छन् । सोमबार बिहान साढे ७ बजेबाट बालेनले आफ्नो यात्रा थालेका हुन् । कमल गाउँपालिकामा उनले नागरिक भेटघाट थालिसकेका छन् ।

बिहान सानो केर्खा चोकबाट यात्रा थालेका उनको सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ र संथाल बस्ती), ढ्यांग्री, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक, सुकुम्वासी बस्ती, समैगड, छलफल चोक, भुत्लुंग स्कुल अगाडिसहित स्थानमा पुगेर नागरिक भेटघाट गर्ने सोमबारको सूचीमा उल्लेख छ ।

यस्तै, एमाले अध्यक्ष ओलीले पनि सोमबार आफ्नो चुनावी प्रचार तथा नागरिक भेटघाट कार्यक्रम जारी राख्नेछन् । यसअघि आइतबार उनले कमल गाउँपालिकामा पुगेर मतदातालाई भेटेका छन् ।

झापा–५ मा ओली र बालेनसहित नेपाली कांग्रेसबाट मन्धरा चिमरिया पौडेल, नेपाली कम्युनिष्ट पार्टीबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीबाट समीर तामाङसहित स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com