Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

ईपीएस अन्तर्गत कृषि र पशुपालन क्षेत्रको भाषा परीक्षा फागुन–३ देखि सञ्चालन हुँदै

ईपीएस अन्तर्गत कृषि र पशुपालन क्षेत्रको भाषा परीक्षा फागुन–३ देखि सञ्चालन हुँदै
  • २७ माघ २०८२, सोमबार १६:१५

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा फागुन ३ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

mulpatra

मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले उत्पादनमूलक क्षेत्रको परीक्षा सम्पन्न भए लगत्तै कृषि तथा पशुपालन क्षेत्रको परीक्षा मिति तय गरेको ईपीएस शाखाले जनाएको छ । आगामी चुनावका कारण फागुन १७ देखि २६ सम्म परीक्षा नहुने गरी तालिका निर्धारण गरिएको शाखाको भनाइ छ ।

सन् २०२५ का लागि उत्पादनमूूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि ५ हजार कोटाका लागि आवेदन खुलेपनि १ लाख ३८ हजारभन्दा बढीको भाषा परीक्षाको आवेदन परेको शाखाको तथ्यांकमा छ । प

mulpatra mulpatra mulpatra

छिल्लो समय कोरियाले नेपालबाट थोरै संख्यामा नेपाली कामदार लैजाने योजना बनाए पनि परीक्षार्थीको संख्या लाखौँ रहेकाक कारण पनि परिक्षा सञ्चालनमा समस्या भइरहेको छ ।

त्पादनमूूलक क्षेत्रका लागि ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि १ हजार ८ सय छनोट गर्ने गरी परीक्षा सञ्चालन गरिएको छ ।

नेपालका लागि भाषा परीक्षा गराउने गरी अनौपचारिक मिति तय गरेर सूचना दिएको भए पनि नेपालको अवस्थाका कारण परीक्षा केहीपछि सरेको थियो । शाखाका अनुसार परीक्षार्थी धेरै र समय पनि छोटो भएका कारण चुनावबीचमा नै परीक्षा सञ्चालन गरिन लागेको हो ।

Image Source: © https://mulpatra.com

पछिल्लो समय कोरियाले अन्य १७ ईपीएस सदस्य राष्ट्रमध्ये नेपालबाट सबैभन्दा धेरै नेपाली कामदार माग गर्दै आएको छ । सन २०२४ मा मात्र १४ हजार ४९२ नेपाली युवा कोरिया प्रवेश गरेका थिए भने सन २०२५ मा ११ हजारभन्दा बढी कोरिया गएका थिए ।

यो संख्या कोरिया प्रवेश गर्ने औषत नेपाली संख्याभन्दा ६ हजार बढी हो । कोरियाले पछिल्लो समय नेपाली युवालाई प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण गत वर्ष मात्र नभई यो वर्ष ठूलो संख्यामा युवा कोरिया प्रवेश गरिसकेका छन् ।

ईपीएस शाखाले अन्य देशको तुलनामा नेपालबाट कामदार माग संख्या बढ्दै गएको जनाउँदै आएको छ । एचआरडी कोरियाले केही महिनायता त्यहाँ जाने युवाको उडान तालिका पठाई रहेका कारण त्यहाँ जाने संख्या अझ बढने अनुमान छ ।

सेवा सुविधाका दृष्टिकोणले कोरिया आर्कषक श्रम गन्तब्य रहदैँ आएकाले त्यहाँ जाने नेपालीको संख्याले रेमिटेन्स वृद्धिमा ठूूलो भूमिका खेल्ने गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com