Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
  • २२ असार २०८३, सोमबार २०:५९

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो ।

mulpatra

त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको कार्यालयको अनुमान छ । चालु आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ ।

कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको कार्यालयले जनाएको छ । चालु आवको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गीकरण मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको कार्यालयको अनुमान छ ।

ती मध्ये विद्युत तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गीकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशः १०. २७ प्रतिशत, ७.८३ प्रतिशत र ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु¥याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक देखिन्छ । त्यसैगरी, अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

Image Source: © https://mulpatra.com

धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गीकरणमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यासको ६.८७ प्रतिशत र यस क्षेत्रलाई पछ्याउँदै खानी तथा उत्खनन्को २.२३ र थोक तथा खुद्रा व्यापारको २.०२ प्रतिशत रहेको छ ।

आवास तथा भोजन, बैंक तथा बीमा र औद्योगिक उत्पादन क्रमशः २.३०, १.०७ र ०.८३ प्रतिशत ऋणात्मक वृद्धि भएको देखिन्छ । बाँकी अन्य औद्योगिक वर्गीकरणको वृद्धिदर सामान्य रहेको देखिन्छ । यसरी आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिकमा भन्दा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धि ०.५८ प्रतिशत भएको प्रारम्भिक अनुमान कार्यालयको छ ।

कार्यालयका अनुसार चालु आवको दोस्रो त्रैमासमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रहेकोमा तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब पुगेको अनुमान छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com