Close

Recent Posts

‘राष्ट्रिय गौरव’ योजनाका ६ महिनामा १५ प्रतिशत खर्च, निजगढ विमानस्थल शून्यको शून्यै

‘राष्ट्रिय गौरव’ योजनाका ६ महिनामा १५ प्रतिशत खर्च, निजगढ विमानस्थल शून्यको शून्यै
  • २८ माघ २०८२, मंगलवार १८:०६

काठमाडौं– अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विनियोजित बजेटको जम्मा १५.४९ प्रतिशतमात्रै ६ महिनामा खर्च भएको छ ।

mulpatra

२७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू बजेटमा राष्ट्रिय गौरवका २३ वटा कार्यान्वयनमा छन् । पुस मसान्तसम्म यी आयोजनामा ६७ अर्ब ८६ करोड विनियोजन भएकोमा जम्मा १० अर्ब ३९ करोड (१५.४९ प्रतिशत) मात्र खर्च भएको छ ।

मेलम्ची खानेपानी आयोजना ९९.५२ प्रतिशत र पुष्पलाल राजमार्ग ८१.७३ प्रतिशत भौतिक प्रगतिसहित अगाडि देखिएका छन् भने निजगढ विमानस्थलको प्रगति शून्य छ ।

mulpatra mulpatra mulpatra

सरकारको विशेष प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च र भौतिक प्रगति अत्यन्तै कमजोर देखिएको छ ।

केही पुराना र ठूला सडक आयोजनाको भौतिक प्रगति उत्साहजनक देखिए पनि नयाँ र जटिल आयोजना सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

पुष्पलाल (मध्य पहाडी) राजमार्गः कुल भौतिक प्रगति ८१.७३ प्रतिशत पुगेको छ । १५२९ किलोमिटर सडक कालोपत्रे सकिएको ।

Image Source: © https://mulpatra.com

हुलाकी राजमार्गः ७४.३५ प्रतिशत भौतिक प्रगतिसहित १३८० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)ः भौतिक प्रगति ४२.१३ प्रतिशतमात्रै । ६ महिनामा २ अर्ब ४२ करोड खर्च ।

मेलम्ची खानेपानी ः पहिलो चरणको भौतिक प्रगति ९९.५२ प्रतिशत पुगेको छ । बाढी र प्राकृतिक विपत्तिले मुहान क्षेत्रमा अझै समस्या ।

विमानस्थलहरूः गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति शून्य ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको प्रगति जम्मा ८.१८ प्रतिशत ।

राष्ट्रिय गौरवका आयोजना विलम्ब हुनुमा जग्गा प्राप्ति र मुआब्जा, रुख कटान र वन क्षेत्रको भोगाधिकारसम्बन्धी कानुनी जटिलता, डिपीआर टुंगो नलाग्दै योजनाको सुरूवात, आन्दोलनको प्रभाव जस्ता समस्या देखाइएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com