Close

Recent Posts

नेकपाको प्रतिबद्धता: आर्थिक सुधार, १० प्रतिशत माथि आर्थिक वृद्धि र ५ लाख रोजगारी

नेकपाको प्रतिबद्धता: आर्थिक सुधार, १० प्रतिशत माथि आर्थिक वृद्धि र ५ लाख रोजगारी
  • २८ माघ २०८२, मंगलवार १७:४४

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई आत्मनिर्भर बनाउन बिना धितो सहुलियत ब्याजदरमा १५ लाखसम्म बैङ्क कर्जा प्रवाह गर्ने व्यवस्था गर्ने समावेश गरेको छ ।

mulpatra

‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो ।

आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर (१० प्रतिशत माथि) हासिल गर्ने महत्वाकांक्षी लक्ष्य पार्टीले लिएको छ । हाल २०.१५ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने योजना छ ।

mulpatra mulpatra mulpatra

प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने र वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने नीति लिइएको छ । साथै, उत्पादन लागत कम गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र व्यापार घाटा न्युनिकरण गर्ने रणनीति तय गरिएको छ ।

आज सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा संविधानले छुवाछुत र जातीय भेदभावलाई अपराध ठहर गरे पनि व्यवहारमा दलित समुदायमाथिको विभेद कायमै रहेको भन्दै यस्तो व्यवस्था गर्ने उल्लेख गरेको छ ।

दलित समुदायलाई आधारभूतदेखि माध्यमिक शिक्षासम्म अनिवार्य र निःशुल्क गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको परम्परागत सीप, कला र श्रमको आधुनिकीकरण र औद्योगीकरण प्रवद्र्धन गर्न रैथाने सीप र कलासम्बन्धी विश्वविद्यालय स्थापना गरिने उल्लेख छ ।

Image Source: © https://mulpatra.com

दलित समुदायमा रहेको भूमिहीनता र आवासहीनताको अन्त्य गर्ने, दलित समुदायको सर्वाङ्गीण विकासको लागि एकीकृत दलित विकास प्राधिकरण गठन गर्नेलगायतका विषय समेटिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com