Close

Recent Posts

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

चालु आर्थिक वर्षमा ८५.९६ प्रतिशत मात्र बजेट खर्चको अनुमान

चालु आर्थिक वर्षमा ८५.९६ प्रतिशत मात्र बजेट खर्चको अनुमान
  • २९ माघ २०८२, बुधबार २१:०९

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ मा कार्यान्वयन भइरहेको बजेटमध्ये करिब ८५.९६ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

mulpatra

मंगलबार अर्थमन्त्री रामेश्वर खनालले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै कुल बजेट खर्च अनुमान घटाइएको जानकारी दिएका हुन् ।

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्षको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्र खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ, जुन कुल विनियोजनको ८५.९६ प्रतिशत हो ।

mulpatra mulpatra mulpatra

संशोधित अनुमानअनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । यस्तै, पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँमा सीमित रहने देखिएको छ भने वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ ।

यस वर्षको सुरुमा सरकारले चालु खर्चका लागि ११ खर्ब ८० अर्ब, पूँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

तर पुस मसान्तसम्म आइपुग्दा चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत मात्र खर्च भएको छ। पूँजीगत खर्च अझै कमजोर रहँदै १२.१२ प्रतिशतमा सीमित भएको छ भने वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ ।

Image Source: © https://mulpatra.com

बजेट कार्यान्वयन अपेक्षाअनुसार अघि नबढ्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यसमेत संशोधन गरिएको छ । सुरुमा ६ प्रतिशत रहने अनुमान गरिएको आर्थिक वृद्धिदर अब ३.५ प्रतिशतमा सीमित रहने अर्थ मन्त्रालयको प्रक्षेपण छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com