हिन्दु राष्ट्रसहित राजतन्त्रका पक्षमा आउन केपी, शेरबहादुर र विप्लवलाई दुर्गा प्रसाईको आह्वाननेपालमा स्वतन्त्रता हराएको आरोप, निर्वाचन रोकेर सर्वपक्षीय सरकारको माग
काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईले सबै राजनीतिक दललाई हिन्दुराष्ट्र र राजातन्त्रका पक्षमा आउने आग्रह गरेका छन् ।

उनले आज भक्तपुरमा पत्रकार सम्मेलन गदै एमाले अध्यक्ष केपी ओली, कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवा र माओवादीको महासचिव नेत्रविक्रम चन्दलाई राजनीतिक दललाई हिन्दुराष्ट्र र राजातन्त्रका पक्षमा आउने आग्रह गरेका छन् ।
पहिला देश बचाउ त्यसपछि विकास र पार्टीका बारेमा सोच्न अपिल प्रसाईले गरेका छन् । हतियार वलमा निवार्चन गर्दा निष्पक्ष नहुने उनको दाबी छ । उनले तत्काल निर्वाचन रोकेर सर्वपक्षीय सरकार बनाउन समेत आग्रह गरे । सरकार जनताको नभएर कुनैपनि विदेशी दलालको भएको आरोप समेत लगाए ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिना निषेधाज्ञा जारी गरिएको छ । विरोधका कार्यक्रम तथा भिड उत्तेजित हुन सक्ने सम्भावित जोखिमलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुने गरी एक महिना निषेधाज्ञा जारी गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह १ फागुनमा उपत्याकाबाहिरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । सो दिन शाहलाई स्वागतका लागि विमानस्थलमा आउन राप्रपा नेताहरूले अपिल गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सरकारले निषेधाज्ञा जारी गरेर समस्या समाधान नहुने उनको दाबी छ ।
उनले देश बचाउ र जनताका लागि हिम्मत गरेर राजसंस्थाका लागि आउन र यसमा नेपाली जनताको साथ हुने उनको माग छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



