Close

Recent Posts

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

शिवरात्रिका दिन ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने

शिवरात्रिका दिन ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने
  • ३० माघ २०८२, बिहीबार १६:१९

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम अवस्थामा पुगेको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन र तयारीबारे यस्तो जानकारी दिएको हो ।

mulpatra

कोषका अनुसार शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन, दर्शनार्थीका लागि चार वटा लाइनबाट दर्शन गर्ने तथा सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ । फागुन २ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि पर्व– २०८२ व्यवस्थापन तयारीबारे बिहीबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष शिवरात्रिका दिन ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने र चार हजार साधुसन्तहरु सहभागी हुनेछन् ।

mulpatra mulpatra mulpatra