सरकार नै चुनाव विथोल्न लागेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आरोप
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति व्यक्त गरेका छन। प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लक्षित गर्दै लगाएको निषेधाज्ञालाई लिएर अध्यक्ष लिङ्देनले प्रश्न गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पुर्वराजा ज्ञानेन्द्र शाह फागुन १ गते आज झापाबाट काठमाडौं आउने कार्यक्रममा विशाल जनप्रर्दशन गर्न आव्हान भएपछि विमानस्थल र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनले प्रशासनको यो कदम चुनावलाई सुरक्षित बनाउने बहानामा उल्टै राजनीतिक वातावरण बिगार्न लक्षित रहेको आरोप लगाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भने, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफैँ विथोल्न लागेको होर यो स्पष्ट हुनुपर्छ ।’
उनले कुनै पनि व्यवस्था वा नियम संविधानको मर्म विपरीत र शासकको इच्छाअनुसार मात्र प्रयोग हुन थाले त्यसको वैधता समाप्त हुने चेतावनी समेत दिएका छन ।
‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं र राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै सबैलाई आउन आह्वान गरेका थिए।



