नेपाल सदावार फ्लावरहवको सम्भावना भएको देश हो: फ्यानका अध्यक्ष श्रेष्ठ (भिडियो अन्तरर्वार्ता)
काठमाडौं– प्रेम दिवस फ्रेबु्रअरी ७ तारिखदेखि फ्रेब्रुअरी १४ तारिखसम्म मनाउने गरिनेछ । एक साताको अवधिमा रातो रंगको स्टिम गुलाफ फूलको अत्यधिक माग हुने गर्छ ।

भ्यालेन्टाइन वीक (प्रणय दिवसको सप्ताह) मा नेपालभर करिब साढे ४ लाख गुलाफको फूलको खपत हुने अनुमान फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) अध्यक्ष राजेशभक्त श्रेष्ठले नेपालमा प्रेम दिवसको सातामा मात्रै ४ लाख ५० हजार गुलाफको फूल खपत हुने दाबी गर्छन् । उनका अनुसार नेपाललाई फ्लावर हव बनाएर अर्थतन्त्र र पर्यटक तान्ने माध्यमा बनाउन सकिन्छ ।
![]() |
![]() |
![]() |
|---|
प्रणय दिवसको एक सातामा मात्रै काठमाडौं उपत्यका र बाहिर गरेर करिब ४ लाख ५० हजार भन्दा धेरै गुलाफको फूल किनबेच हुँदा ५ करोड ६२ लाख रुपैयाँको कारोबार हुने अनुमान रहेको छ । नेपालमा फुलका लागि आवश्यक स्थान नै तोकेर फ्लावर हव बनाउन स्वदेशी तथा विदेशी पर्यटकको माध्यम बन्ने अध्यक्ष श्रेष्ठले बताउँछन् ।
नेपालमा बाहिरका अन्य सहरहरुमा भने १ लाख ८० हजार स्टिम गुलाफ खपत हुने गर्छ । फ्यानका अध्यक्ष श्रेष्ठले प्रेम दिवसको अवसरमा ३० प्रतिशत मात्र नेपाली उत्पादनले धान्ने बताउँछन् । प्रेम दिवसलाई सम्बोधन गर्न नेपाली बजारमा छिमेकी मुलुक भारतदेखि अमेरिकासम्मका फूलहरू भित्रिने गरेका छन् ।
उनका अनुसार प्रेम दिवसको अवसरमा प्रेमी÷प्रेमिकाले एक आपसमा गुलाफको फूल दिएर प्रेम साटासाट गर्ने संस्कारको विकास भइसकेको बताए । उनले भने, ‘आजभोलि त जुनसुकै उमेर समूहका व्यक्तिले पनि गुलाफको फूल एक आपसमा साटासाट गरेर प्रेमको भाव झल्काउने गरेका छन् । त्यसैले पनि यो बेला गुलाफको फूलको अत्याधिक माग हुने गर्छ ।’
Image Source: © https://mulpatra.com
नेपालले पनि गुरॉस, पारिजात, बुकी, जाई, जुई चमेली, सुनाखरी, गुराँस, चाँप, चिमालो, प्याउली जस्ता बनफूल पाइने क्षेत्रहरू जस्तै पूर्वी पहाडी भागका केही स्थान र रारा, खप्तड, डडेलधुरा जस्ता स्थानहरूलाई पर्यटनका महत्त्वपूर्ण स्थानको रूपमा सुधार र विकास गर्न सक्छ ।
तोरी, फापर, ऑप, आरु, स्याउ, सुन्तला जस्ता अन्न र फलफूलका बोट बगानहरूलाई समेत विकास गरी कृषि पर्यटनको विकास गर्न सकिन्छ । निजी खेतबारी र बगानमा पर्यटक घुमाएर आर्थिक आर्जन गर्न सकिने उनको दाबी छ ।
फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो।धार्मिक, सॉस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महत्त्व र फाइदाहरू धेरै भएको फूलको आर्थिक महत्त्व र दायरा वर्तमान समयमा बढ्न थालेको छ ।
बर्सेनि फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्यानको तथ्यांकमा छ । सिजनल फूल, पुष्प गुच्छा, कट फ्लावर र फूलका बोट बिरुवा सहितको बजार हो । यसका लागि नीतिगत सुधार गरि विकास गर्नुपर्छ ।
नेपालमा पूँजी, प्रविधि र दक्ष जनशक्ति तीनैओटा कुराको कमी ठूला उद्योग नखुल्नुका कारण मान्न सकिन्छ । तर, विदेशी र स्वदेशी लगानी आकर्षित गर्न सरकारले विभिन्न रणनीति र नीति लिई सुधारका कार्यक्रम गर्दासमेत उद्योगहरू पर्याप्त मात्रामा नखुल्नुमा केही नीगित समस्या भएको उनले बताए । नेपालमा उद्योगहरू प्रशस्त खुल्न सकेका छैनन् भने अर्कोतर्फ खुलेका कतिपय उद्योगले निरन्तरता पाउन सकेनन् ।
२०४६ सालको परिवर्तनपछि लिएको उदारीकरणको नीतिले नेपालमा लगानीको राम्रो ढोका खोलेको थियो । त्यही भएर केही वर्ष आर्थिक वृद्धिदर पनि उच्च रह्यो र नयाँ नयाँ व्यवसाय पनि शुरू भए ।
देश विकासका लागि साना तथा मझौला उद्योगहरूको भूमिका पनि ठूलै हुन्छ । रोजगारी सिर्जना पनि यस्ता उद्योगले ठूलो योगदान दिएका छन् । यद्यपि यस्ता उद्योगले पनि प्रशस्तै समस्या झेल्नु पर्दा त्यसको मारमा अर्थतन्त्र र व्यवसायी परेको उनीहरुको भनाइ छ ।
भिडियो अन्तरवार्ता:
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



