प्रेम स्वतन्त्र शब्द हो, भ्यालेनटाइन डे पश्चिमा र आयतित संस्कृति भन्न नमिल्ला ?
काठमाडौं– अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ ।

प्रेम दिवस सुरु भइसकेको छ । अतः फेबुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेबु्रअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।
तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । यो त सबैले स्वतन्त्र रुपमा मनाउन पाउने अधिकारी हो ।
![]() |
![]() |
![]() |
|---|
अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा प्रणय दिवस मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।
तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’
Image Source: © https://mulpatra.com
तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।
जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।
आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’
प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।
सप्ताहभरि मनाइन्छ प्रणय दिवस ?
पछिल्ला वर्षहरूमा प्रणय दिवस एक दिनमै सीमित नरही साता भरि मनाउने चलन व्यापक बन्दै गएको छ। यसको प्रभाव र लोकप्रियता नेपालमा पनि तीव्र गतिमा बढिरहेको छ। सप्ताहव्यापी प्रेम दिवसका विभिन्न दिनहरू र तिनको महत्व यसप्रकार छन्—
फेब्रुअरी ७ – रोज डेः प्रेमभाव व्यक्त गर्न गुलाफ आदान–प्रदान गरिने दिन।
फेब्रुअरी ८ – प्रपोज डेः मन पराएको व्यक्तिसँग प्रेम प्रस्ताव राख्ने दिन।
फेब्रुअरी ९ – चकलेट डेः प्रेमको मिठास बाँड्न चकलेट दिने–लिने दिन।
फेब्रुअरी १० – टेडी डेः टेडी बेयर (टेडी भालु )जस्ता स्टफ्ड खेलौना उपहार दिने दिन।
फेब्रुअरी ११ – प्रमिस डेः एकअर्काप्रति वफादार रहने वाचा गर्ने दिन।
फेब्रुअरी १२ – हग डेः प्रेम र स्नेह अभिव्यक्त गर्न अँगालो हाल्ने दिन।
फेब्रुअरी १३ – किस डेः आत्मीय प्रेम व्यक्त गर्ने दिन।
फेब्रुअरी १४ – भ्यालेन्टाइन डेः सप्ताहको मुख्य दिन, जसमा प्रेमी–प्रेमिकाबिच उपहार आदान–प्रदान गरिन्छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



