नेपाली कांग्रेसको चुनावी प्रतिबद्धतापत्र आइतबार सार्वजनिक हुने
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिएको नेपाली कांग्रेसले चुनावी प्रतिवद्धता पत्र आइतबार सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका छन् । कांग्रेसको घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिएको समेत चालिसेले बताएका छन् ।
कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रतिवद्धता पत्र तयार गर्दा विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको चालिसेले बताए । कांग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उनको भनाइ छ । सबैले सहज रुपमा बुझ्न सक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताए ।
प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार पत्रकार सम्मेलन आयोजना गरिने बताए ।
![]() |
![]() |
![]() |
|---|
उनका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।



