फागुन २१ को निर्वाचनका लागि १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । प्रतिनिधिसभाको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्र मध्ये ६३ जिल्लाका १३३ क्षेत्रको मतपत्र छपाई सकिएर ढुवानीको काम भइरहेको आयोगले जनाएको छ ।

छपाई भइसकेको मतपत्रहरुमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।
ढुवानी व्यवस्थापनमा सहजताका लागि आयोगले पहिले उपत्यका बाहिरका दुर्गम जिल्लाहरुको मतपत्र छपाई गरेको थियो । छाप्न बाँकी मतपत्रहरु मध्ये अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । बाँकी रहेका मतपत्र तीन दिनमा सकिने समेत आयोगले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



