बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । आज राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले सुचना निकालेर जानकारी गराएको छ । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।
मुल्य बढेपछि काठमाडौं र पोखरामा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ हुनेछ । उता चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|




