Close

Recent Posts

आजदेखि निर्वाचन लक्षित सभा जुलुस र आमसभाहरु गर्न पाइने

आजदेखि निर्वाचन लक्षित सभा जुलुस र आमसभाहरु गर्न पाइने
  • ४ फाल्गुन २०८२, सोमबार ०९:३४

काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गते सम्म निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरेको छ ।

mulpatra

राजनीतिक दल तथा उम्मेदवारहरुले आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म रानिर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।
आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई ६४ बुँदे निर्देशन समेत दिएको छ सोही आचारसंहिता भित्र रहेर दल तथा उम्मेदवारहरुले निर्वाचनमा प्रचार प्रसार गर्न सकिने छ ।

चुनाव प्रसार प्रसारका क्रममा आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।

mulpatra mulpatra mulpatra

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं संगठितरूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।