चप्पल कारखाना अगाडि पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौं–पैदलयात्रीलाई कार चालकले मुक्का हानेको घटना चप्पल कारखाना अगाडिको सडकको रहेको खुलेको छ ।

पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान गरेको प्रहरीले यो घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकको रहेको पत्ता लगाएको हो ।
कारको नम्बरसमेत खुलिसकेकाले यातायात कार्यालयमार्फत उक्त कार कसको नाममा रहेको पत्ता लगाएर प्रहरीले पहिचान गर्नेछ ।
![]() |
![]() |
![]() |
|---|
पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दियो ।



