महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई श्रेणीका आधारमा दक्षिणासहित बिदाइ गरियो

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई श्रेणीका आधारमा दक्षिणासहित बिदाइ गरियो
  • ५ फाल्गुन २०८२, मंगलवार १७:११

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।

mulpatra

बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको थियो ।

जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलो ४ हजार, पहेंलो २५ सय, हरियो ११ सय, गुलाबि ५५१,सेतो कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएको छ ।

mulpatra mulpatra mulpatra