रास्वपाकी मधेश प्रदेश सभापति शर्माले त्यागिन् पार्टी, कांग्रेस प्रवेश गर्ने तयारी

रास्वपाकी मधेश प्रदेश सभापति शर्माले त्यागिन् पार्टी, कांग्रेस प्रवेश गर्ने तयारी
  • ६ फाल्गुन २०८२, बुधबार १२:००

काठमाडौं । मधेश प्रदेशकी सभापति रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा गरेकी छिन् । पार्टीलाई गम्भीर आरोप लगाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

mulpatra

विज्ञप्ती जारी गर्दै उनले भनेकी छिन् गरेकी छन् । उनले पार्टीभित्र आर्थिक अनियमितता बढेको,इमान्दारिताको कदर नभएको आरोप लगाउँदै साधारण सदस्यबाट समेत राजीनामा दिएकी हुन् ।

संस्थापक सभापति शर्माले विज्ञप्ति जारी गर्दै आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको दावी गरेकी छन् ।

mulpatra mulpatra mulpatra

उनले भनेकी छन्, ‘संगठनमा दिनरात खटिएका क्षमतावान् घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ, यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।’

राजनीतिमा युवा पुस्ता आउनुपर्छ र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको समेत उनले आरोप लगाएकी छिन् ।

निर्वाचनको सम्मुखमा पार्टीबाट राजिनामा दिएकी उनी नेपाली कांग्रेस प्रवेश गर्ने तयारी रहेको जनाइएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com