बालेनले घण्टी बजाउँदा रालो निस्केको सम्झिँदै रविले भने– यो क्लिन स्वीपको संकेत हो

बालेनले घण्टी बजाउँदा रालो निस्केको सम्झिँदै रविले भने– यो क्लिन स्वीपको संकेत हो
  • ६ फाल्गुन २०८२, बुधबार १२:४७

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनको निर्वाचनमा आफ्नो दलले क्लिन स्वीप गर्ने बताएका छन् ।

mulpatra

बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना विश्वासपात्र दीपक बोहरालाई भोट माग्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘यहाँ मैले हेरेँ, यहीँबाट रालो खसेको देखेको थिएँ मैले,’ लामिछानेले भने, ‘त्यो भनेको क्लिन स्वीप भनेको हो । त्यो क्लिन स्वीपको संकेत हो ।’

mulpatra mulpatra mulpatra

माघ दोस्रो साता रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा दीपक बोहराकै निर्वाचन क्षेत्र पुगेका थिए । त्यहाँ आयोजित कार्यक्रममा घण्टी बजाउँदा रालोसहित डोरी चुँडिएको थियो ।

यस्तै, लामिछानेले २१ गतेको दिन विशेष भएको पनि बताएका छन् । आफ्ना २१ जना सांसदलाई यसअघि संसदबाट जवरजस्त रूपमा निकालिएको भन्दै लामिछानेले त्यसको जवाफ २१ गते जनताले दिने बताए ।