गगनले अघि सारे ‘टीम नेपाल’को अवधारणा

गगनले अघि सारे ‘टीम नेपाल’को अवधारणा
  • ६ फाल्गुन २०८२, बुधबार १४:५८

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टीम नेपाल’को अवधारणा अघि सारेका छन्। पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै देशलाई सम्हालेर अघि बढाउनको लागि ‘टीम नेपाल’ बनाएर जानुपर्ने बताए।

mulpatra

टीम नेपालभित्र ७ वटा प्रदेश, ७५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्ने बताए।

उनले भने, ‘सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिनसक्छ। राजनीतिक दलहरूका बिचमा विमतिहरू छन्, हामी प्रतिस्पर्धा गर्छौँ। देश बनाउनको लागि एमाले, माओवादी, रास्वपा, जसपासहित सबै चाहिन्छ। सबैलाई मिलाएर लैजान कांग्रेसले मात्रै सक्छ।’

mulpatra mulpatra mulpatra

उनले देशको लोकतान्त्रिक स्पेस हाइज्याक भएको बताए। उनले भने, ‘हेर्दा सामान्य कुरा लाग्यो गठबन्धनको राजनीति तर गठबन्धनको राजनीतिले तपाईँको चयन गर्न पाउने कुरालाई हाइज्याक गरिदिएको थियो। एकातिर हामीसँग डेमोक्रेसी छ, डेमोक्रेसीको महत्त्वपूर्ण कुरा भनेको चयन गर्न पाउने अधिकारको कुरा हो, तर राजनीतिक दलहरूले हाइज्याक गरिदिएका थिए।

तर अहिले कांग्रेसले जितहार सबै छोडिदेऊ भनेर गठबन्धनको राजनीतिले प्रदूषित भएकोलाई सफा गर्ने प्रक्रियाको प्रारम्भ हो।’

उनले रावजीतिक बहस एजेन्डामा केन्द्रित नभएको बताए। उनले थपे, ‘हामीसँग संविधान बनेको छ, संविधानले दिएका हक अधिकारहरू छन्, सुशासनको विषय छ, डेभलपमेन्टका विषयहरू छन्। कसरी गर्ने, के गर्ने, यी एजेन्डाहरूको बारेमा छलफल गर्नुपर्ने कुराको सन्दर्भमा त्यो सारा सबै माहोल भत्किएको छ, भत्काइएको छ। त्यो स्पेस नै छैन।’

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com