धनगढीबाट बालेनले काम मागे, रविले एकपटक बेथितिको सटर बन्द गर्ने घोषणा गरे

धनगढीबाट बालेनले काम मागे, रविले एकपटक बेथितिको सटर बन्द गर्ने घोषणा गरे
  • ६ फाल्गुन २०८२, बुधबार १५:२३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् ।

mulpatra

सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मत पत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ । बेथिति बेरोजगारीको सटर बन्द गर्ने हो सबै सटर बन्द गर्ने हो एकैपटक’ उनले भने ।

उनले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर जनतामाझ रास्वपा गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गरे । उनले राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको बताए ।

mulpatra mulpatra mulpatra

‘बाचा जसले गरेको हो सजाय उसैले पाउने हो । जनताले होइन । भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई यहीँबाट सम्झना । मलाई थाहा छ परदेशको भूमि सजिलो छैन तर छुट्टि मिलाएरै भए पनि आउनुहोला देश बदल्नुपर्छ । यसपटक जनताले जित्नुपर्छ सँधै नेतामात्रै जितिरहेका छन्,’ उनले भने , ‘देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी आएका छौं ।’

रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए ।

‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुप¥यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने ।

Image Source: © https://mulpatra.com

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com