निर्वाचनका लागि स्रोतसाधनको कमी हुने छैनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि चाहिने स्रोतसाधनको कमी हुन नदिने बताएका छन् । आज पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन गोष्ठी’मा उनले उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री खनालले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएकोले कुनै श्रोत साधनको कमी हुन नदिने बताएका छन् । अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे ।
सरकारले दशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्रीले त्यसका लागि विविध नीतिगत काम भएका जानकारी दिए । उनले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।
![]() |
![]() |
![]() |
|---|



