Close

Recent Posts

निर्वाचनले गर्दा अन्य क्षेत्रको विकासमा सरकारको ध्यान नगएको अर्थमन्त्रीको भनाइ

निर्वाचनले गर्दा अन्य क्षेत्रको विकासमा सरकारको ध्यान नगएको अर्थमन्त्रीको भनाइ
  • ८ फाल्गुन २०८२, शुक्रबार २१:०७

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले थुप्रै चुनौती र संशयकाबीच तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण भएको बताएका छन् ।

mulpatra

पर्यटन बोर्ड र परिसूचक मिडियाले शुक्रबार ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि बनेको सरकारलाई निर्वाचन सम्पन्न गराउनेदेखि अन्य धेरै चुनौति रहेपनि संयमतापूर्वक सबैको बिचारलाई सुन्दै सरकारले तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण गरेको बताएका हुन् ।

सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्दा अन्य विभिन्न क्षेत्रमा प्रयाप्त ध्यान दिन नसकेको उनले बताए । उनले पर्यटन क्षेत्रलाई उद्योगले पाएको सरोकारको सुविधा दिइने विषय बजेटमा उल्लेख गरेपनि अहिलेसम्म सम्पन्न गर्न नसकिएको उल्लेख गरे ।

mulpatra mulpatra mulpatra

वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे ।

उनले वर्तमान सरकारले सुरु गरेका सुधारका कामहरुलाई अव बन्ने सरकारले अपनत्व लिन सक्ने गरि कार्यविधि र नियममा परिवर्तन गरिएको जानकारी दिए ।